मध्यपहाडी लोकमार्गका निर्देशक पक्राउ

रिपोर्ट नेपाल | 2023 Jul 28 | 12:47 pm 2345

काठमाडौं, साउन १२ । मध्य पहाडी लोकमार्गका आयोजना निर्देशक इन्जिनीयर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।
इन्जीनियर पोखरेललाई घरमा काम गर्ने यूवतीलाई वलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको  हो ।

बलात्कारको आराेप लागेपछि उनी आफ्नाे कार्यालयबाट सम्पर्क विहिन भएर उपचारका लागि भन्दै त्रिपुरेश्वर स्थित ब्लुक्रश अस्पतालमा बसेका थिए ।

त्रिपुरेश्वरबाट पक्राउ परेका पोखरेलले यौन दुव्र्यवहार गरेको भिडीयो सामाजिक संजालमा सार्वजनिक भएको थियो । पीडित भनिएकी यूवतीको उजुरीको आधारमा पक्राउ गरिएको परिसरका प्रमुख दानबहादुर कार्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.