सप्तरी,साउन ७: पूर्व सांसद एवं कांग्रेस केन्द्रीय नेता रन्जित कर्ण मधेसमा औषधि, टेन्ट र भाँडाकुडा लगायत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ राहत बितरणमा आफै खटिएर सहयोग पुर्याएकोमा लायन्स कल्ब, ठमेल शाखा, नेमोस र रसलाईट मिडियाले हार्दिक धन्यवाद दिएको छ ।

चर्चित इन्जिनियर समेत रहेका नेता कर्णले राहत बितरण लायन्स क्लबको अनुरोध स्विकार्दै विभिन्न सर्वदलीय प्रतिनिधिको नेतृत्व गर्दै दर्जनौं प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गर्दै चुरे दोहन रोक्दै, बाढी नियन्त्रणका लागि गुणस्तरीय ड्याम बनाउदै बृक्षारोपण गर्न सुझाव समेत दिएका थिए ।

त्यस्तै काठमाडौंबाट गएका सबै स्वयंसेवकको बस्नेखाने, सुरक्षा र गाडी ब्यवस्थापनको सम्पुर्ण खर्च बापतको १ समेत नेता कर्णलेन नै जिम्मा लिएका थिए । राम्रो काम गर्न खोज्ने संघसंस्थालाई मधेसमा फेरि पनि सहयोग गर्न आउन अभिप्रेरित गर्नुरेकाले कर्णलाई लायन्स कल्बले उच्च सम्मान गर्ने निर्णय गरेको छ ।

लायन्सलाई युवानेता क्षितिज भण्डारी, सामाजिक उधमी हरि जोशी र सचिन्द्रमोहन राउतबाट प्राप्त अनुमानित २० लाख रुपैयाँको सामाग्री प्रभावित परिवार र घरपलुवा जनावरलाई दिईएको रसलाईट मिडिया अध्यक्ष रमिता भण्डारीले बताईन ।
नेमोस अध्यक्ष दिनेश शाहीद्वारा उपलब्ध गराइएको सामाग्री बितरण गर्ने कार्यक्रम जिल्लाको नगरपालिका र गाउँपालिकामा केन्द्रीत रहेको छ।

बिनाशकारी बाढीमा मृत्यु हुनेको परिवारजनहरुले राहत पाउन भएको ढिलासुस्तीप्रति युवानेता क्षितिज भण्डारीले गुनासो गर्दै पीडित प्रति दुःख व्यक्त गर्दै युवाहरूलाई फोटो खिचाउने सस्तो लोकप्रियता भन्दा माथी उठेर वास्तविक उद्धारको आव्हान गर्दै पुनःस्थापन र क्षतिपूर्तिलाई यथासम्भव वास्तविक पीडितकहाँ चाडै पुर्याउन सरोकारवालालाई आग्रह गरेको छन् ।
स्थानीय एनजिओ प्रमुख पार्थ्व सरकारको सूचनाको आधारमा नेकपा, कांग्रेस, राजपा, समाजवादी दल र सिडिओ कार्यालयको प्रतिनिधिको रोहवरमा निष्पक्ष राहत अभियान अन्तरगत भोलि र पर्सी पनि कम्बल र थप औषधि बितरण गरिने लायन्स कल्ब अध्यक्ष दावाले बताउदै सम्भावित महामारी विरुद्धको योजना बनाउन सरकारलाई आग्रह गरेका छन् ।