पछिल्लाे समय काठमाण्ठाडाैंमा फैलिएका धुलाे र धुँवाका कारण श्वासप्रश्वसमा जस्तै अाँखामा पनि गम्भीर समस्या देखिन थालेकाे छ । यस्ताे वातावरणमा अाँखाकाे निकै स्याहार चाहिन्छ । नत्र, अाँखा पाक्नेजस्ता सामान्यदेखि दृष्टि नै गुम्ने खतरा पनि हुन्छ । त्यस्तै, बालबालिकादेखि बृद्दसम्मले माेबाइल, ल्यापटप, कम्प्युटर र टेलिभिजन जस्ता इलेक्ट्राेनिक डिभाइरकाे अत्यधिक प्रयाेग गर्ने भएकाले पनि अाँखासम्बन्धी समस्या बढिरहेकाे छ । यसकारण कमजाेर हुन्छ अाँखा:
- वातावरण प्रदुषण, धुलाे र धुँवाले गर्दा अाँखामा संक्रमण हुन्छ । जुन अाँखा पाक्ने, सुख्खा हुने, पाेल्ने, बिजाउनेजस्ता समस्याकाे कारक हाे ।
- मधुमेह बढे पनि अाँखामा समस्या देखिन्छ । मधुमेहका कारण अाँखाका नसा फुट्छन् । जुन निकै खतरनाक हुन्छ ।
- जंगफुड, केमिकलयुक्त खानालगाएतलेपनि अाँखालार्इ असर पुर्याउँछ । यसले माेतीबिन्दु हुने सम्भावनासमेत अत्यधिक हुन्छ ।
नयाँ पत्रिका