मदिरा खुवाई युवती बलात्कार

रिपोर्ट नेपाल | 2019 May 11 | 03:08 pm 1721

अर्घाखाँची, वैशाख २८: जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का रहेका छन्। उनलाई सन्धिखर्कस्थित शान्ति बगैँचा होटल क्याराभानबाट पक्राउ गरेको प्रहरीले बताए ।

युवती कामको सिलसिलामा कपिलवस्तुको बुद्धभूमि नगरपालिकाबाट सन्धिखर्क आएकी प्रहरीले जानकारी दिए ।

खड्काले होटलको व्यवस्था मिलाइदिने तथा होटलको भाडासमेत तिरिदिने भनी आश्वासन देखाई होटलमा लगी करणी गरेको प्रहरीले जनाएको छ।

युवतीलाई खड्काले मदिरा सेवन गर्न लगाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए। उनलाई जिल्ला अदालतबाट सात दिने म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.