काठमाडौँ २८भदौ / नेपाली कांग्रेसले उत्कृष्ट नगरपालिका र गाउँपालिकाहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले कांग्रेसबाट विजयी उत्कृष्ट नगरपालिका र गाउँपालिकाहरुलाई सम्मान गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा आयोजित एक कार्यक्रममा बिहीबार विजयी उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई पार्टी सभापति शेरबहादुर देउवाले सम्मान गरेका हुन् ।
नेपाली कांग्रेसले नेतृत्व गरेका देश भरिका गाउँपालिकाहरु मध्येबाट मदाने गाउँपालिका स्थानीयतह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) मा ८५.७५ अंक प्राप्त गरि द्वितीय स्थान र स्थानीयतह वित्तीय सुशासन जोखिम मुल्यांकन (FRA) ९१ अंक प्राप्त गरि तृतीय स्थान हासिल गरेकोले नेपाली कांग्रेस, स्थानीयतह समन्वय विभागद्वारा पार्टी सभापति श्री शेरबहादुर देवाको प्रमुख आतिथ्यमा मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवँरलाई सम्मान गरिएको थियो ।
गत स्थानिय निर्बाचनमा गुल्मीका १२ पालिका मध्धे पाँच पालिकामा कांग्रेसले बिजय हासिल गरेको थियो। तर ति चार पालिकालाई पछि पार्दै मदाने गाउँपालिकाका अध्यक्ष कुवँरले राम्रो कार्यसम्पादन गरेर उत्कृष्ट गाउँपालिका बनाउन सफल भएका छन्।
सो सम्मान कार्यक्रममा उपस्तित एक वार्ड अध्यक्षले रिपोर्ट नेपाल सित कुरा गर्दै राम्रो काम गर्न जोस , जागर र दृढ अठोटको आबश्यकता पर्दछ, स्टनबाजीले मात्र विकास हुदैन भन्ने कुरा युवा हुँ भन्ने हरुले बुज्न जरुरि रहेको बताए।