काठमाडौं, मंसिर २७: शुक्रबार मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । बा ५ख ४२८६ नम्बरको बस कलेजबाट भक्तपुरको घ्याम्पेडाँडामा पिकनिकको लागि जाँदै गर्दा सडकमै पल्टेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी २२ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिए।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि गएको बताए। घाइते २० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाए।