मजदुरीका लागि भारत जानेको ताँती

रिपोर्ट नेपाल | 2018 Nov 13 | 08:01 am 2459

बाजुरा, कात्तिक २७ :  जिल्लाका अधिकांश युवाहरु दशैँ, तिहार मनाएर जिविको पार्जनका लागि मजदुरी गर्न छिमेकी राष्ट्र भारत जान थालेका छन् । महान चाडपर्वहरु सकिएपछि कामको लागि भारतका विभिन्न शहरमा मजदुरी गर्न जानेको ताँती लाग्ने गरेको छ ।

आफूले लगाएको खेतबारीको उब्जनीले केही महीना मात्र खान पुग्ने भएपछि उनीहरु रोजगारीका लागि भारत जाने गरेका छन् । कतिपय दशैँ, तिहार मनाउन घर आएका विद्यार्थी, कर्मचारी तथा अन्य पेशा व्यवसायका व्यक्तिसमेत कर्मथलो फर्केका छन् ।

सदरमुकाम मार्तडीसहित तिपाडा, ताँप्रीसेरा, बेतालमाडौँ, बाम्कालगायत ठाउँमा रहेका बस काउन्टरमा अहिले टिकट काट्नेको निकै भीड लाग्ने गरेको मार्तडी बस काउण्टरका सन्तोष डडालले बताए । चाडपर्व सकिए लगत्तै गाउँघर फेरि सुनसान बन्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.