मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

रिपोर्ट नेपाल | 2022 Nov 24 | 02:21 pm 177

काठमाडौं, मंसिर ८ः मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी छिन् । यस्तै सूर्य चुनाव चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार चार सय २० मत ल्याएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.