मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना चारको मृत्यु, दुई दर्जन बढी घाइते

रिपोर्ट नेपाल | 2020 Mar 04 | 09:05 pm 2533

मकवानपुर, फागुन २१: बुधबार मकवानपुर गढी गाउँपालिकाको शिखरकटेरीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मृतक र घाइतेको नाम थरबारे अझै विवरण नखुलेको जनाएको छ ।

उक्त दर्घटनामा परी घाइते भएकालाई हेटौंडास्थित विभिन्न अस्पतालमा ल्याउने क्रम रहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीय बासिन्दा प्रकाश योञ्जनका अनुसार ना ३ ख ३५ ५६ नम्बरको बस दुर्घटना भएको बताएका छन्।

मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको वस पल्टेर भित्तामा ठोकिँदा मृत्यु चारको भएको योञ्जनले बताए।

बसमा ६०/६५ जना जन्ती सवार भएको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिं राठौर सहित प्रहरी टोली घटनास्थलमा पुगिसकेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.