मंसिर १० गतेभित्र हतियार बुझाउन गृह मन्त्रालयको अनुरोध

रिपोर्ट नेपाल | 2019 Nov 23 | 04:35 pm 2511

काठमाडौं, मंसिर ७: यही मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।

शनिबार मन्त्रालयले सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मंसिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो ।

सूचनामा हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.