मंगलादेवी स्मृति प्रतिष्ठानद्वारा लहानमा रक्तदान

रिपोर्ट नेपाल | 2020 Sep 07 | 12:31 pm 2429

  • महेश सिंह

सिरहा, भदौ २२ः कोरोना कहरको कारणले सिरहा लगायत देशभरका ब्लड बैंकहरुमा रगतको चरम अभाव भएको छ ।

सिरहाको लहान नगरपालिका वडा नम्बर ७ मा आईतवार मंगलादेवी स्मृति प्रतिष्ठानको २४औं स्मृति दिवको उपलक्षमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

No description available.

मंगलादेवी स्मृति प्रतिष्ठानको प्रदेश नं.२ को संयोजकमा संगीता कर्माचार्यलाई केही दिन अगाडि सर्बसहमतिबाट चयन गरेका हुन्। प्रतिष्ठानले देशका सातै प्रदेशमा संयोजक छनौट गरेका मध्ये संगीता कर्माचार्य पनि एक हुन्।

बिगत सात महिना देखि नेपालमा रगतको अभावले दिनानु दिन बिरामीहरुको मृत्यु हुनेगरेका एक तथ्यांकले देखाएको छ ।

२०६९ सालमा दर्ता भई २०७४ सालमा स्थापना भई कार्यक्रमहरु सुरुवात भएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य संसद तथा प्रतिष्ठानका संस्थापक डा डिला संरौला, काठमाडौं उपमहा नगरपालिकाकी उपमेयर हरि प्रभा खडकी, प्रतिष्ठानको संरक्षक प्रकाश मान सिंह, अध्यक्षमा गंगा लक्ष्मी अवालको अध्यक्षतामा कार्यक्रमहरु अगाडि बढीरहेको कर्माचार्यले बताए ।

रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल लहानका डिएसपी डमर राना लगायत ८ जना सशस्त्रका जवान लगायत करिब ५१ जना युवा युवतीहरुले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस लहान शाखामा कार्यरत कर्मचारीहरु राम कुमार यादव, शुनिल कुमार यादव लहान बलड बैंकका मोटिभेटर, उत्प्रेरक, शंकर प्रसाद यादवको एक समुहले ब्लड डोनेसन कार्यक्रमा सहयोग गरेका थिए ।

समाजसेवी महेश चौधरी र नेपाल महिला संघकी केन्द्रीय सदस्य संगीता कर्माचार्य मस जोडीको रुपमा पछिल्लो समय राहत वितरण कार्यक्रम अभियान चालाएका थिए ।

महेश र संगीता सिरहामा मस जोडीको नामले निकै चर्चामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.