मंगलबार देशका यी स्थानमा हुने छ वर्षा

| 2023 Aug 29 | 06:23 am 1873

काठमाडौँ, भदौ १२।

 मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.