काठमाण्डौं जेठ २७ः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले भ्रष्टाचार र अपराध शुन्यसहनसिलताको नितिलाई अंगिकार गर्न निर्देशन दिएका छन् ।
महानिरीक्षक खनालले उक्त निर्देशन बारा प्रहरीद्वारा आयोजित सिसि क्यामरा जडान कार्यक्रमको उद्घाटन गर्दा दिएका हुन् ।
महानिरीक्षक खनालले समाज परिवर्तनका लागि पहिला आफू सुध्रनु आवश्यक भएकोले बाराका प्रहरी कर्मचारीलाई जनतालाई दिने सुरक्षामा कुनै कमी नराख्न समेत निर्देशन दिएका थिए ।
बारा अलि संवेदनशिल जिल्ला भएकोले सजगताका साथ कर्तव्य निर्वाह गर्न र जनतालाई शान्ति सुरक्षाको माध्यमबाट अमनचयन दिलाउन पनि निर्देशन दिए ।
महानिरीक्षक खनालले हरेक अपराधमा संलग्न व्यक्तिलाई सुध्रिने मौका दिइने तर सुध्रन दिएको मौकालाई कमजोरी ठान्ने हो भने प्रहरीले त्यस्ता अपराधिलाई जस्तो सुकै कारबाही गर्न पछि नपर्ने कुरा समेत बताएका थिए ।
महानिरीक्षक खनालले अपराध र अपराधिलाई पहिचान गर्नका लागि सिसि क्यामराको उल्लेख्य योगदान हुने भएकोले यहाँ जडित क्यामराले अपराध कमी गर्न सहज हुने कुरामा आफू पूर्ण आशावादी रहेको उल्लेख गरे ।
महानिरीक्षक खनाल आजै जनकपुर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।