भ्रष्टाचार गर्यो भनेर माचार लेख्ने पत्रकार नै अपराधी हो : मन्त्री यादव

रिपोर्ट नेपाल | 2018 Oct 08 | 03:43 pm 1473

काठमाडौं, असोज २२ : उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादव चिनीको मुल्य नबढेको दाबी गरेका छन् । रिपोर्टर्स क्लवले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले बजारमा चिनीको कुनै अभाव नभएको र मुल्य पनि नबढेको बताएका हुन् ।

कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले मिडियामाथि पनि आक्रोस पोखेका छन् । बजारमा चिनीको कुनै अभाव छैन र बजार भाउ पनि बढेको छैन्,’ मन्त्री यादवले भने, ‘चिनीको अभाव छ भनेर समाचार लेख्नेलाई कति चाहियो रु चिनीको बोरा नै जीउमा हालेर पठाईदिन्छौँ । त्यसैले अनर्गल प्रचार गर्नुहुँदैन । यस्तो अनर्गल प्रचारले देश कहिल्यै बन्दैन ।’

यादवले बजारमा कुनै मुल्यवृद्धि नभएको भन्दै ढुक्क हुन सबैलाई आग्रह गरे । उनले भने, ‘हामी अहिले अनुगमन गरिरहेका छौँ । बजार अनुगमन गरिएन भनेर भनिएको छ । भोलि गृह, अर्थ, सामान्य प्रशासन र हाम्रो मन्त्रालयबीच आपसी छलफल छ । हामी एउटा बलियो संयन्त्र बनाएर काठमाडौंमा मात्रै होइन, पूरै देशमा बजार अनुगमन गर्छौँ ।’

यस्तै यादव चिनी आयात बढाउन एक अर्ब ६९ करोडको चलखेल भएको आरोप निराधार भन्दै पत्रकारको भुमिकाप्रति आक्रोशित बने । उनले भनेका छन्, ‘यत्रो पैसा चलखेल गर्न अहिलेको जमानामा त्यति सजिलो छ र रु ट्रकबिना त्यत्रो पैसा चल्दैन । जीपमा बोकेर हुँदैन । एउटा ट्रकले मात्रै पनि हुँदैन । त्यत्रो ट्रक बोक्न दुई वटा ट्रक चाहिन्छ । अर्बौँको कारोबार हुँदा बैंकमा थाहा हुन्छ नी । यसमा निस्पक्ष छानबिन हुनुपर्यो भनेर सभामुखलाई मैले पत्र पनि लेखेको छु ।’

मन्त्री यादलवले पत्रकारहरुलाई ‘न्युज’ लेख्दा आफ्नो ‘भ्युज’ नघुसाउन समेत आग्रह गरे । यादवले भने, ‘या त प्रमाणित गर्नुपर्यो । या त जसले भ्रष्टाचार गर्छ, उ जेल जान्छ । आफ्नो कुरा लेख्नै मन लागे आर्टिकल लेखे हुन्छ । भ्रष्टाचार गर्यो भनेर ठूलो ब्यानर बनाएर न्युज लेख्छ, तर त्यही न्युजको खण्डन पठायो भने कुनामा यत्रो सानो अक्षरमा लेख्छ । मातृका आएपछि नी बेच्यो भनेर समाचार लेख्यो । तर मातृकाले कुनै खानी बेचेको छैन । त्यो समाचार लेख्ने नै अपाराधी हो । या त त्यसले कसैको पैसा खाएर लेखेको हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.