भ्रष्टाचारमा चुर्लुम्मै डुबेको पालिका

| 2021 Jan 10 | 08:14 am 1961

काठमाडाैं, पुस २६ः सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार ! दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार ! सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा देखाएको खर्च विवरण हो यो। यस गाउँपालिकामा विकासको बजेटदेखि विपद्को बजेटमा व्यापक अनियमितता भएको पाइएको छ।

गत वर्ष चैत ११ गतेसम्म सात दिनका लागि सीमावर्ती क्षेत्र नियारमा राखिएको हेल्प डेस्कमा सिटामोल, जीवनजललगायत औषधि जिल्ला स्वास्थ्य कार्यालय राजविराजबाट उपलब्ध गराइएको थियो। त्यो बेला प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार रोकिएको थियो। गाउँपालिकाका अधिकृत महेश शर्माका अनुसार त्यो बेला एक रुपैयाँको पनि औषधि खरिद गरिएको थिएन तर औषधि खरिदमा ४ लाख ९८ हजार खर्च भएको विवरण तयार पारिएको छ।

‘यो सरासर भ्रष्टाचार हो। यो पालिका भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ। नियामक निकाय अख्तियारलाई छानबिन गरी दोषीउपर कारबाहीका लागि बिन्ती गर्छु,’ अधिकृत शर्माले नागरिकसँग भने, ‘यहाँ कागजमा विवरण भरेर लाखौं रकम भ्रष्टाचार भएको छ।’ उनले थपे, ‘यहाँको भ्रष्टाचारको रजगज देखेर नेपाल सरकारको कर्मचारी भन्न मलाई लाज लागिरहेको छ। कति भ्रष्टाचार भएको त्यो यकिन गर्ने मेरो अधिकार क्षेत्रभित्र पर्दैन तर व्यापक भ्रष्टाचार भएको दावाका साथ भन्छु। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.