काठमाडौं ,पुष १६ / उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।
राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला त्यही बाटो भएर आउनुले स्थिति असामान्य बनेको गृहमन्त्री श्रेष्ठले बताएका छन् ।
मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गरेको र , त्यसपछि धकेलाधकेल भएपछी प्रहरीले गोली चलाएको प्रारम्भिक अध्ययनबाट थाहा भएको उहाँको भनाइ छ । साथै गोली चलेपछि मात्रै गाडी जलेको देखिएको पनि गृहमन्त्री श्रेष्ठले बताएका छन् ।घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको पनि स्वीकार गरेका छन् ।
दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनाको विषयमा संसदीय समितिले समितिले गृहमन्त्रीसहित प्रहरी प्रमुखसँग सोधपुछ गरेको हो । मन्त्रीको गाडी घेराबन्दीमा परेको भनेपछि फिल्डको कमान्डरहरू त्यो दिशातिर जान खोजे, त्यहीक्रममा गोली प्रहार भएको देखिन्छ। ‘एक जनाको गोलीद्वारा घटनास्थलमा लडेपछि पाटन लगेको देखिन्छ र अर्को त्यहीँ निलडाम देखिन्छ, ग्यास वा अरू हतियारले लागेको के हो छानबिन समितिले निष्कर्ष निकाल्नेछ, फायरिङपछि मात्रै गाडी जलेको देखिन्छ गृहमन्त्री श्रेष्ठले भने।