भोलि हुने साफ च्याम्पियनशिपको फाइनलमा अनलाइन टिकट नहुने

| 2024 Oct 29 | 04:45 pm 125

काठमाडौँ, १३ कार्तिक / अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनशिपको फाइनल खेलमा भौतिक टिकटमात्रै बिक्री गर्ने भएको छ ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै विवाद उत्पन्न भएपछि बुधबार दशरथ रङ्गशालामा हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलका लागि एन्फाले अनलाइन टिकटको सुविधा नदिने भएको हो ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फाले अब आफै भौतिक रूपमा टिकट बिक्री गर्ने जानकारी दियो । टिकट बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी हेडक्वाटरको गेटबाट बिक्री गरिने छ ।

यसअघि डिजिटल वालेट खल्तीमार्फत टिकट खरिद गरिसकेका व्यक्तिले रकम फिर्ता पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.