भोलि सार्वजनिक बिदा

| 2024 Apr 10 | 03:05 pm 1157

काठमाडौँ २८ चैत / नेपाल सरकारले भोलि बिहीबार इस्लाम धर्मावलम्बीहरुको महान चाड ईद उल फित्रका अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै चैत २९ गते ईद परेका हुनाले उक्त अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना निकालेर बिदाको जानकारी गराएका हुन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.