भोजपुर प्रदेशसभा – १ मा राजेन्द्रकुमार राई निर्वाचित

| 2022 Nov 24 | 07:52 am 117

भोजपुर, मंसिर ८: प्रदेश १ का मुख्यमन्त्री तथा गठबन्धनबाट प्रदेशसभा क्षेत्र नं १ का लागि साझा उम्मेदवार राजेन्द्रकुमार राई लगातार दोस्रो पटक निर्वाचित भएका छन्। उनले नेकपा एमालेका हरिबहादुर राईलाई ३ हजार ८ सय ८७ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

प्रदेशसभा क्षेत्र नं १ का लागि सत्ता गठबन्धनबाट नेकपा (एस) का साझा उम्मेदवार बनेका राजेन्द्रले १६ हजार एकसय १० मत ल्याउँदै दोस्रो पटकका लागि निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा एमालेका हरिबहादुर राईले कुल १२ हजार २ सय २३ मत प्राप्त गरे। प्रदेशसभा १ का लागि भोजपुरमा कुल ३२ हजार ४ सय ९ मत खसेको थियो भने प्रतिनिधिसभाका लागि कुल ६२ हजार एकसय ८१ मत खसेको थियो।

यसअघि पनि राईले २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेकोतर्फबाट बामगठबन्धनको साझा उम्मेदवार बनेर तत्कालिन लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अजम्बर राई काङमाङलाई पराजित गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.