भोकमरी सूचकांकमा विश्‍वमा ७२ औं स्थानमा नेपाल

| 2018 Oct 28 | 07:40 am 7087

काठमाडौं, कार्तिक ११: नेपालको भोकमरीको सूचकांक विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ ।

‘विश्व भोकमरी सूचकांक (जिएचआइ) २०१७’ प्रतिवेदन अनुसार विश्वका ११९ मुलुकमध्ये नेपाल ७२ औं स्थानमा छ। प्रतिवेदनअनुसार ७२ औं स्थानमा रहेको नेपालले भोकमरी सूचकांकमा २२ अंक प्राप्त गरेको छ। यो तथ्यांक अनुसार नेपालको खाद्य सुरक्षाको अवस्था दक्षिण एसियामै सबल देखिएको छ।

विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ ।

विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार दक्षिण एसियामा सबैभन्दा अब्बल स्थान श्रीलंका छ ।

यसअघिका वर्षमा भने नेपालको स्थान सबैभन्दा सुधारको अवस्थामा रहेको छ। दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश २६.५ अंकसहित ८८ औं स्थानमा, श्रीलंका २५.५ अंकसहित ८४ औं स्थानमा, चीन ७.५ अंक ल्याएर २९ औं स्थानमा छ। प्रतिवेदनले ४.९ वा सो भन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरेको छ।

त्यसैगरी ५.० देखि ९.९ सम्म अंक प्राप्त गर्ने मुलुक मध्यम, १० देखि १९.९ अंक प्राप्त गर्ने मुलुक गम्भीर, २०.० देखि २९.९ अंक प्राप्त गर्ने मुलुक चिन्ताजनक र ३० वा सो भन्दा बढी अंक प्राप्त गर्ने मुलुक अत्यन्त चिन्ताजनक भोकमरीको अवस्थाका रुपमा चित्रण गर्ने गरिएको छ।

यस वर्षको विश्व खाद्य सुरक्षा दिवसको नारा ‘चेन्ज द फ्युचर अफ माइग्रेसन, इन्भेष्ट इन फुड सेक्युरिटी एण्ड रुरल डेभलभमेन्ट’ रहेको छ।

अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था (इफरी), कन्सर्न वल्डवाइड र वर्ल्ड हंगर हेल्प संस्थाले विश्वभर भोकमरीको अवस्था अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका हुन् । दक्षिण एसियाली मुलुकमा भोकमरीको अवस्था सबैभन्दा धेरै अफगानिस्तान (१०७) र पाकिस्तान (१०६) मा छन्। भारत भने अघिल्लो वर्ष भन्दा खस्केर १०० औं स्थानमा पुगेको छ। भारत अघिल्लो वर्ष ९७ औँ स्थानमा रहेको थियो।

प्रतिवेदन अनुसार मानव जातिलाई पुग्ने खाद्यान्न उत्पादन भएर पनि विश्वका ८० करोड जनता भोकमरीबाट ग्रस्त छन्। जसमध्ये ६० प्रतिशत महिला छन्। विश्वका ८० प्रतिशत अति गरिब जनसंख्या ग्रामीण क्षेत्रमा बस्छन् र ती कृषिमा निर्भर छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.