भैरहवा विमानस्थलबाट पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

रिपोर्ट नेपाल | 2023 Mar 09 | 01:18 pm 1325

भैरहवा, फागुन २५ः यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ ।

विसं. २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । तर, मौसम खराबीको कारण देखाउदै पुस ६ गतेदेखि उडान रोकेको थियो । जजिराले पुरानै तालिकाअनुसार साताको तीन उडान गर्ने जनाएको छ ।

कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ । भैरहवा–मलेसिया चार्टर्ड उडान थालेको हिमालय एयरलाइन्सले पनि दुई महिनादेखि उडान रोकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.