भेरोसेल खोप तथा स्वास्थ्य सामग्री हस्तान्तरण सम्पन्न

| 2021 Nov 08 | 06:35 pm 1569

काठमाडाैं, कात्तिक २२ः मित्रराष्ट्र चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप प्रदान गरिएको १० थान भेन्टिलेटर र १००
थान अक्सिजन कन्सन्ट्रेटरसहित ३ लाख डोज कोभिड-१९ को खोप (Vero cell) साेमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच मित्रराष्ट्र चीनका महामहिम राजदूत Her Excellency Hou Yanqi ले प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन् ।

नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन व्यक्त गरे ।

यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.