भूकम्पले भत्काएको १ सय ७५ विद्यालयको पुनर्निर्माण सम्पन्न

रिपोर्ट नेपाल | 2020 Feb 06 | 08:01 am 1633

काभ्रे, माघ २३: भूकम्पले थिलथिलो बनाएका जिल्लाका १ सय ७५ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ। जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) मार्फत अनुगमन तथा संचालन भएका २ सय २२ विद्यालय मध्ये १ सय ७५ वटा विद्यालय निर्माण सम्पन्न भएका हुन्।

२०७७ भित्र सबै विद्यालय पुनर्निर्माण गरि सक्ने लक्ष्य अनुसार विद्यालय पुनर्निर्माणको कार्य तिब्र बनाईएको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख द्धारिकाप्रसाद पोखरेलले बताए। आर्थिक वर्ष २०७५/२०७६ मा केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) बाट प्राप्त कार्यक्रम अन्तरगत ४ कोठे २० वटा, ३ कोठे ३ वटा, २ कोठे १० वटा र शौचालय ७० वटा निर्माण भएका छन्।

केन्द्रीय आयोजना मार्फत हालसम्म ८ कोठे १२ वटा, ६ कोठे १० वटा, ४ कोठे ७४ वटा, ३ कोठे ५४ वटा र २ कोठे ७६ वटा निर्माण भएका छन्।

जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत हालसम्म १ सय ७५ वटा विद्यालयमा ५ सय ९१ वटा कक्षा निर्माण सम्पन्न भएको इन्जिनियर सोभित श्रेष्ठले बताए। निर्माण सम्पन्न हुन ४७ वटा विद्यालयका १ सय ६७ वटा कक्षा कोठा रहेका छन्।

विद्यालय निर्माणका लागि जिल्लामा १ अर्ब ११ करोड १७ लाख ९४ हजार रुपैया इस्टमेट गरिएकोमा ९४ करोड ७ लाख ६८ हजार रुपैया खर्च भईसकेको छ। विभिन्न परियोजना अन्तरगत २८ वटा निर्माण सम्पन्न भईसकेका छन् भने ३० वटा विद्यालय निर्माणाधिन छन्। नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.