भूकम्पको स्मृतिमा बारपाकमा भोली सार्वजनिक बिदा

रिपोर्ट नेपाल | 2019 Apr 24 | 04:47 pm 1398

गोरखा, बैशाख ११ : बारपाक सुलिकोट गाउँपालिकामा बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ । भूकम्पको स्मृतिमा बारपाक सुलिकोट गाउँपालिकाले भोली सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख १२ गते गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने गाउँपालिकाले जनाएको छ । गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.