भुटानी राजा नेपाल हुँदै भारत जाने

| 2024 Dec 04 | 02:31 pm 357

काठमाडौं १९ मंसिर। भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउन लागेका छन् । तर उनी नेपाल भ्रमणमा नभएर भारत भ्रमणमा जान लागेको बेला ट्रान्जिटका लागि एक घण्टा नेपालमा रहने बताइएको हो ।

उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् र, सोही दिन काठमाडौंबाट फर्किने छन् । विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने स्रोतको भनाइ छ ।

भुटानी राजा केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ ।

‘भुटानका राजाले काठमाडौंमा कसैलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलिसकेको छैन । यद्यपि स्वयम्भू र बौद्धनाथ दर्शन गरेर फर्किनसक्ने सम्भावना रहेको जनाईएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.