भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्यान्पो छिरिङ वाङचुकले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र भुटानी प्रधानन्यायाधीश ल्यान्पोबीच भएको द्विपक्षीय भेटवार्तामा नेपाल–भूटान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको बुझिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रमुख सल्लाहकार वाङचुक आज बिहान काठमाडौँ आइपुगेका हुन् ।