भुटानलाई हराउँदै नेपाल फाइनलमा

रिपोर्ट नेपाल | 2024 Aug 25 | 05:12 pm 609

काठमाडौँ ०९ भदौ / साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । पहिलो सेमिफाइनल भिडन्त पेनाल्टी सुटआउटमा पुग्दा भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

नेपालका गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे। उनले दोस्रो र तेस्रो प्रहार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैले गर्दै गोल गरेक थिए। जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो।

खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.