बागलुङ, बैशाख ७: जंगलमा भीर मौरीको मह निकाल्न जाँदा बागलुङमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्कोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना रहेका छन् ।
उनकाे शनिवार राति भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ। उनी साथीहरुसँग सोही वडा नम्बरको कौलेनीको जंगल मौरीको मह निकाल्न शनिवार साँझ घरबाट निस्केका बताइएकाे छ ।
अन्य केही युवाहरुसमेत घाइते भएको प्रहरी निरीक्षक हेम केसीले बताए। रातको समयमा सावधानी नपनाएका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेकाे छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।