उदयपुर, असार २१ः जिल्लाको रौतामाई गाउँपालिका–४ माल्वासेमा एक बालककाे भीरबाट लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा स्थानीय १३ बर्षीय बालक बिशाल सार्की रहेका छन् ।
बाख्रा चराउन घर नजिकै रहेको जंरगेडाँडा भिरमा गएका बालकको आईतवार अपरान्ह पौने ५ बजेको समयमा सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको बताइएकाे छ ।