भीरबाट लडेर एककाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Oct 16 | 09:18 am 2122

सोलुखुम्बु, असाेज २९:  खुम्बु पासङल्हामु गाउँपालीका १ बुक्सामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार अपराहन्न घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएकाे हाे । मृत्यु हुनेमा माप्यदुधकोशी गाउँपालीका १ जुभिङकी १९ वर्षीया अरुणा राई रहेकाे सोलुखुम्बु प्रहरीले जानकारी दिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा टोली खटिएको छ। घटनाको विषयमा विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्लाका प्रहरी प्रमुख डिएसपी नारयणप्रसाद चिमाेरियाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.