भीमप्रसादले मृत्युवरण गरेपनि समाजमा जिवितै

| 2020 Dec 30 | 12:16 pm 2349

काठमाडौं, पुस १५ः झण्डै झण्डै ३९ वर्ष प्रशासनीक क्षेत्रमा जनता र देशको सेवा गरेका भीमप्रसाद ओलीलाई साठी वर्षकै उमेरमा दैबले चुडेर लैजाला भनेर कसैले कल्पना समेत गरेका थिएनन् ।

भीमप्रसाद ओली जतिबेलासम्म जागिरे जिवनमा थिए त्यो बेलासम्म उनले सधै आफूलाई राष्ट्रसेवक सोच्दै जनतालाई केन्द्रबिन्दुमा राखेर कार्य गर्दै आएका सरल व्यक्तित्व हुन् ।

२०१६ सालमा सालमा तेह्रथुम जिल्लाको छाते ढुङ्गामा जन्मीएका भीमप्रसाद ओली सरल स्वभाव र मृदुभाषी थिए । कसैसँग बोल्दा पनि मुस्कुराएर मात्रै बोल्ने ओलीको पूर्वमा सर्वसाधारणदेखि उच्च तहका नेतृत्वकर्ताबीच प्रिय थिए ।

दैबले पनि यस्तै गुणवान व्यक्तिलाई छानेर लैजादो रहेछ । उच्चरक्तचापबाट पीडित भीमप्रसाल ओलीले २०७६ साल जेठ १२ गते बिहान प्राण पखेरु छाडेका भीमप्रसाद ओलीको हालै स्मृतीग्रन्थ प्रकाशित भएको छ ।

पत्रकार भरत कोइरालाले संयोजन सम्पादन गरेको स्मृतीग्रन्थमा प्रधानमन्त्री केपी शर्मा ओलीले भीमप्रसादले आफ्नो जिवनमा लिएको सद्गुण भावी पुस्ताका लागि अनुकरणीय बन्ने उल्लेख गरेका छन् ।

मन्त्री बसन्तकुमार नेम्वाङले लामो समयसम्म निजाति क्षेत्रमा रहेका भीमप्रसाद कर्तव्यनिष्ठ र इमान्दार भएको जनाएका छन् ।

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधी, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेले समेत ओलीको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

धेरै मान्छे जीवित रहँदा पनि मरितुल्य हुन्छन भने कतिपय मान्छेले मृत्युवरण गरेपछि पनि जीवित र अमर रहन्छन् । त्यस्तै जीवित र अमर रहनेमा स्वर्गीय भीमप्रसाद ओली पनि पर्छन् ।

उनी मुत्युवरणपछि पनि जीवित रहनुमा उनले मृत्युवरण गर्नु अधि गरेका कार्य र सेवा हो । २०४६ फागुन २८ गते फिदिमकी शकुन्तला भण्डारीसँग बिवाह बन्धमा बाँधिएका ओलीका दुई सन्तान रहेका छन् ।

सधै रचनात्मक सोच राख्दै कसैको पनि कुभलो नसोच्ने ओली कस्ता व्यक्ति भिए भन्ने कुराको पुष्ट्याई स्मृतीग्रन्थमा लेखिएको लेख र दिइएका समवेदनाले प्रष्ट पार्छन ।

बाँचुन्जेल सके समाजका लागि केही गर नभए कसैको लागि गलत नसम्झ भन्ने सोच राख्ने भीमप्रसाद ओली प्रति हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.