तनहुँ, माघ ८ः भिरबाट लडेर तनहुँमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नं. ३ छबिसे बस्ने वर्ष ४५ का माधब बहादुर अर्जेल रहेका छन् ।
उनी आफ्नो घरदेखि करिब ३ सय मिटर टाढा रहेको धमिलिकुवा सामुदायिक वनबाट पल्टिई
सालको रुखको जरामा अड्किई मृत अवस्थामा फेला पारीएको थियाे । उक्त घटना
सम्बन्धमा थप अनुसन्धान भईरहेको बताइएकाे छ।
भबितव्यमा परी मृत्यु
तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौतारा स्थितमा भारत उत्तर प्रदेश
जगदिशपुर बलिहरी कबिर नगर घर भई हाल तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ५ स्थित जितेन्द्र ताम्राकारको घरमा डेरा गरी बस्ने बर्ष अं. ५८ को राम सुरत आफु सुत्ने डेराकोठामा बिरामी अवस्थामा फेला पारी निजलाई उपचारको लागि जि.पी.कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएकोमा उनकाे उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको छ ।
उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ।