काठमाडौं, साउन १७: समृद्धि र विकास निर्माणका ठुला-ठुला नारा तथा भाषण गर्ने दुर्इ तिहाइको वाम सरकारलार्इ भिक्षुहरुले चुनौती दिएका छन्। काठमाडौंका सडकहरु ज्यानमारा खाल्डामा परिणत हुँदा पनि सरकारले विकास निर्माण व्यवहारभन्दा भाषणमा बढी गरेको छ।
यही ज्यानमारा खाल्डामा पनि कर बढाएर जनतालार्इ थप सास्ती पुगिरहेको छ। तीन वर्षमा मेट्रो रेल ल्याउने प्रतिबद्धता गरेका काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि माफिया तथा भ्रष्ट्राचारीलार्इ पोस्नमै व्यस्त छन्।
प्रमुख प्रतिपक्षी दल पनि सरकारको विरोध गर्नमै समय व्यतित गरिरहेको छ। तर, बौद्ध भिक्षुहरुले भने सरकारलार्इ चुनौती दिंदै आफैं सडक निर्माणमा जुटेका छन्। काठमाडौंका ज्यानमारा खाल्डाहरु पुर्न उनीहरु आफैं अग्रसर भएका छन्।



