काठमाडौँ १९ जेठ / आइसीसी टी-२० विश्वकप अन्तर्गत भारत र बंग्लादेशबीच न्यूयोर्कको क्यान्टी पार्कमा अभ्यास खेल आज नेपाली समय अनुसार राति सवा ८ बजेदेखि हुँदैछ। आज सुरू हुने खेल विश्वकप सुरू हुनुअघिको यो अन्तिम अभ्यास खेल हो। भारतीय क्रिकेटर विराट कोहली न्यूयोर्क पुगेका छन्, तर अभ्यास खेल भने खेल्ने छैनन्।
बंगलादेशसँगको भारतको अभ्यास खेल खेलाडीहरूलाई त्यहाँको अवस्थासँग परिचित हुन महत्वपूर्ण हुनेछ। भारतीय टोलीले आफ्नो कम्बिनेशन पनि हेर्ने छ।
बंगलादेशसामु चुनौती आत्मविश्वास बढाउनु हो, किनकि उसले भारतसँग पछिल्लो ५ टी-२० अन्तर्राष्ट्रिय खेलमध्ये ४ हारेको छ। यसमा २०२२ को टी-२० विश्वकपको खेल पनि समावेश छ। उक्त खेलमा बंगलादेश ३० रनले पराजित भएको थियो। विराटको ६४ रनको इनिङका कारण बंगलादेशले १८५ रनको लक्ष्य दिएको थियो।
भारत र बंगलादेशबीच १३ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। १२ खेल भारतले जितेको थियो भने १ खेल बंगलादेशले जितेको थियो। टी-२० विश्वकपमा दुवै टोली ४ पटक भिडेका छन् भने बंगलादेशले चारै पटक हार बेहोरेको छ।