भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी

रिपोर्ट नेपाल | 2023 Jun 05 | 01:06 pm 961

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा अनेक टिका टिप्पणी भए पछि आज आफ्नो भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री प्रचण्डले भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराएका हुन् ।

भ्रमणका क्रममा जलविद्युत् परियोजनादेखि पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण तथा विस्तारबारे सहमति भएको जानकारी गराउँदै उनले सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

सातवटा दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले रेलमार्गबाट पारवाहन शुरू गरिएको समेत बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.