विराटनगर, कात्तिक ११ः नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रमा सक्रीय रहँदै आएकी समाजसेवी भारती उपाध्याय पोखरेलले आफ्नी स्वर्गीय आमाको स्मृतिमा ‘अविस्मरणीय क्षण’ नामक पुस्तक लेखेकी छिन् ।
सामाजिक संस्था अम्बे मुरारी सेवा केन्द्रबाट प्रकाशित उक्त पुस्तकको हालै एक समारोहका बीच लोकार्पण गरिएको छ । १ सय ३२ पेजको उक्त पुस्तक लेखिका पोखरेलले बाल्यकाल देखिका स्मरण तथा आफ्नी आमाले पारिवारिक दायित्व निर्वाह गर्दै समाजसेवामा संलग्न हुँदा देखे भेगेका अनुभवहरु पनि समेटेकी छिन् । अघिल्लो पुस्ताको अनुभवलाई दोस्रो पुस्ताले यसरी गहिरो रुपमा उल्लेख गरेका कर्तीहरु नेपाली साहित्यमा कमै छन् ।
पुस्तकको लोकार्पण प्राज्ञ गंगा सुवेदीले सबैले बुझ्ने गरी अत्यान्त सरल भाषामा लेखिएको यो पुस्तकले आम सर्र्वसाधारण नागरिकलाई प्रेरणा दिने बताइन् ।
लेखिका पोखरेलले पुस्तक लेख्नुको उदेश्य प्रष्ट पार्दै प्रत्येक सन्तानले आफ्ना आमा बुवाको योगदान इतिहास नबिर्सिउन भन्ने तर्फ आफु केन्द्रित भएको बताइन् । आफ्ना सन्ततिहलाई पनि आफ्ना आमा, बुवा, हजुरआमा, हजुरबुवा एवं पूर्खा इतिहास अवगत गराउँदै जानु जरुरी रहेको पनि लेखिका पोखरेलले बताइन् । पछिल्लो पुस्तामा देखिएको आमा बुवालाई बेवास्ता गर्ने प्रवृतिलाई पुस्तकमा केही व्यांग्य पनि गरिएको छ ।
लेखिका पोखरेलले भन्नु भनिन् –‘कति दुःख पीडा सहेर हामीलाई बाबु आमा तथा हजुरबा हजुरआमाले हुर्काउँनु हुन्छ भन्ने कुरा सन्तानहरुले याद गरुन र भविष्य मा यो पुस्तक प्रेरणादायी होस र बोल्ने देउता भनेको आमा बुवा हुन भने कुरा पुस्तकले झल्काउनेछ ।