भारतीय सेनाद्वारा नेपाली सेनालाई Universal Driving Simulator र Infantry Weapon Training Simulator हस्तान्तरण

रिपोर्ट नेपाल | 2022 Dec 21 | 07:03 pm 2209

काठमाडाैं, पुस ६ः मिति २०७९ पुस ०३ गतेबाट पुस ९ गते (तदानुसार १८ देखि २४ डिसेम्बर, २०२२) सम्म नेपाल भ्रमणमा रहेका भारतीय सेनाको Army Training Command (ARTRAC) का Chief of Staff Lieutenant General JS Sandhu ले नेपाल सरकार र भारतीय सरकारबीच मिति २०७५ मंसिर २८ गते काठमाण्डौमा सम्पन्न Nepal-India Bilateral Consultative Group On Security Issues (BCGSI) को बैठकमा भएको सम्झौता अनुसार भारतीय सेनाबाट नेपाली सेनालाई सहयोग स्वरुप प्राप्त भएको Universal Driving Simulator गोटा-१ (एक) र Infantry Weapon Training Simulator-गोटा-१ (एक) आज मिति २०७९ पुस ०६ गते सितापाईला स्थित नेपाली सेनाको युद्धकवच गणमा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणालाई हस्तान्तरण गरेका छन्।

यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.