भारतीय प्रहरीले विना कारण कुटपिट गरेपछि पेट्रोलियम पदार्थ आयात ठप्प

| 2018 Jun 03 | 04:36 pm 2680

काठमाडौं, २० जेठ : भारतीय पक्षको ज्यादती बढेको भन्दै ट्यांकर चालकहरुले पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन् ।

ट्यांकर चालक आन्दोलनमा उत्रिएपछि बाराको अमलेखगञ्ज डिपोमा इन्धन आपूर्ति रोकिएको छ । भारतीय प्रहरीले रक्सौलमा विना कारण कुटपिट गरेको भन्दै ट्यांकर चालक आन्दोलित भएपछि इन्धन ढुवानी रोकिएको हो ।

भारतीय पक्षको ज्यादती बढेको भन्दै चालकहरुले अमलेखगञ्ज र थानकोट डिपोमा पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरेका छन् ।पेट्रोलियम ढुवानी गर्ने क्रममा भारतीय पक्षबाट दुब्र्यवहार भएको भन्दै ट्यांकर चालकहरुले भारतबाट हुने तेल आपूर्ति ठप्प पारेका हुन् ।

राष्ट्रिय पेट्रोलियम ढुवानी महासंघ, ट्यांकर चालक संघ र ट्यांकर व्यवसायीहरुले संयुक्त बिरोध गर्दै कामकाज ठप्प पारपछि आइतबार पेट्रोलियम पदार्थ भित्र्न सकेको छैन । त्यस्तै थानकोट र अमलेखगञ्जमा भण्डारण भएको तेलसमेत डिपोहरुमा पठाइएको छैन ।

महासंघका उपाध्यक्ष एवं वीरगञ्ज पेट्रोलियम ढुवानी संघका कार्यकारी अध्यक्ष सुरेन्द्र श्रीवास्तवले भारतबाट पेट्रोलियम पदार्थ नेपाल ल्याइपुर्याउँदा भारतीय सुरक्षा निकायले ज्यादती गर्ने गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.