भारतीय प्रधानमन्त्री मोदीको हत्या गर्ने माओवादीकाे योजना

| 2018 Jun 08 | 05:26 pm 3126

नयाँ दिल्ली, २५ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीव गान्धीलाई जस्तै आत्मघाती आक्रमण गर्ने योजना बनाएको भारतीय सञ्जार माध्यमले जनाएको छ ।

भारतीय माओवादीले प्रधानमन्त्री मोदीको हत्या गर्ने योजना बनाएको खुलासा गरेपछि भारतीय सरकार र भाजपा भित्र ठूलो खैला बैला मच्चिएको बताईएको छ । सन् १९९१ मा पूर्व प्रधानमन्त्री तथा काग्रेस आईकी तात्कालीन अध्यक्ष राजीव गान्धीमाथि भए जस्तै आक्रमणको योजना बनिरहेको सूचना बाहिरीएको छ । माओवादीले तालिम प्राप्त महिला सदस्यलाई परिचालन गरेर हत्या गर्न सक्ने आईबीको दावी छ ।

पटना र मुजफफपुरमा आज हुने भ्रमणका क्रममा यस्तो आक्रमण गर्ने माओवादीको योजना रहेको आईबीलाई उदृद्ध गर्दै ईन्डो एशियन न्युज सर्भिसले जनाएको भनी विभिन्न भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ । आईबीले मोदीको विषेश सुरक्षा व्यवस्था गर्न सुझाव समेत दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.