भारतीय नोटमा प्रतिबन्द, भेटिए कारबाही

| 2018 Dec 14 | 08:29 am 2195

काठमाडौँ : सरकारले भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको छ। मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकले भारतीय एक सयभन्दा बढी दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने बताएका हुन्।

नेपालमा दुई सय, पाँच सय र दुई हाजर दरका भारतीय नोट नचल्ने भएका हुन् ।

यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेका छ।

भारतमा पाँच सय र एक हजारका पुराना नोटमा प्रतिबन्ध लगाएर नयाँ नोट निकालेको थियो। नेपालीको मुख्य मजदुरीको केन्द्र भारत नै भएकोले अधिकांश नेपालीसँग नयाँ तथा पुराना भारु नोटहरु छन्। अब ती नोटहरु बोक्नु तथा प्रयोग गैरकानुनी मानिएपछि उनीहरु समस्यामा परेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.