भारतीय कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 26 | 04:39 pm 2189

नयाँ दिल्ली, कात्तिक ९ :  भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। पक्राउ परेका कांग्रस अध्यक्ष गान्धीलार्इ लोदी प्रहरी स्टेसनमा लगिएको छ। उनका साथ केही अन्य नेताहरुसमेत पक्राउ परेको जनाइएको छ।

सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विरोधमा प्रदर्शन गर्ने क्रममा उनलार्इ पक्राउ गरिएको हो। कांग्रेसले देशभरका सिबिआर्इ कार्यालय अघि प्रदर्शनको आयोजना गरेको थियो।

सरकारले बर्मा र सिबिआईका बिशेष निर्देशक राकेश अस्थानाबीच विवाद बढेपछि दुवैलाई छुट्टीमा पठाएको प्रतिक्रिया दिएको छ। सिबिआईले अस्थानाले घुस लिएको आरोप समेत लगाएको छ।

तर, विपक्षी दलले फ्रान्सबाट लडाकु विमान खरिदमा भएको घोटालाको विषयमा सिबिआईले छानविन सुरु गरेपछि सरकारले बर्मामाथि कारबाही गरेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.