भारतविरुद्धको टेस्ट सिरिजमा न्युजील्याण्डको जित

| 2024 Oct 26 | 06:04 pm 117

काठमाडौँ, १० कार्तिक / भारतले न्युजिल्यान्डसँग ११३ रनको फराकिलो अन्तरले पराजय व्यहोरेको छ । यो पराजयसँगै भारतले १२ वर्षमा पहिलो पटक घरेलु सिरिज गुमाएको छ । तीन खेलको सिरिजमा न्युजिल्याण्ड अहिले २–० ले अघि छ ।

न्यूजिल्यान्डसँगको टेस्ट क्रिकेट शृङ्खलाको दोस्रो टेस्टमा भारत एक सय १३ रनले पराजित भएको छ । न्युजिल्याण्डले पहिलो टेस्ट आठ विकेटले जितेको थियो । पुनेमा न्यूजिल्यान्डले दिएको तीन सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ६० ओभर दुई बलमा दुई सय ४५ रन मात्रै बनाउन सक्यो ।

भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ७७ रन बनाए । न्यूजिल्यान्डका लागि मिचेल सेन्थरले ६ विकेट लिए । अब तेस्रो तथा अन्तिम टेस्ट आउँदो शुक्रवारदेखि मुम्बइमा शुरु हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.