भारतले भूमि मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाकाे र्‍याली

रिपोर्ट नेपाल | 2019 Nov 28 | 03:30 pm 1558

डडेल्धुरा, मंसिर १२ : भारतले नेपाली भूमि मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले मोटरसाइकल र्‍याली निकालेको छ । र्‍याली डडेल्धुराबाट सुरु भएर १३ गते दार्चुलाको सदरमुकाम पुग्ने छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित सार्वजनिक गरिएको भारतीय नक्सा खारेजीको माग सहित मार्च कार्यक्रम आयोजना गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

अभियानका क्रममा आज विहान डडेल्धुरामा कोणसभाको आयोजना गरियो । यस्तै दिउँसो बैतडीको पाटनमा कोणसभा गर्दै दार्चुलाको गोकुलेश्वर पुग्ने कार्यक्रम रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.