भारतमा संचालित National Defense Course-62 को भ्रमणदल स्वदेश फिर्ता

रिपोर्ट नेपाल | 2022 Sep 01 | 06:51 pm 1517

काठमाडाैं, भदाै १६ः मिति २०७९ भदाै १२ गतेदेखि नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र भारतको National Defence Course (NDC)-62 को भ्रमणदल बिहीबार स्वदेश फिर्ता भएका छन् ।

Air Vice Marhsal Tej Bir Singh को नेतृत्वमा नेपाल भ्रमणका लागि आएका ३१ सदस्यीय भ्रमणदलका प्रमुखले भ्रमणको दौरान सम्माननीय प्रधानमन्त्री तथा रक्षामन्त्री श्री शेर बहादुर देउवा र माननीय अर्थमन्त्री श्री जनार्दन शर्मासँग शिष्टाचार भेटघाट गरेका थिए ।

साथै, भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरुले जङ्गी अड्‍डाको भ्रमण गरी नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भएका थिए । सोही क्रममा, उक्त भ्रमणदलका प्रमुखले प्रधान सेनापति महारथी श्री प्रभुराम
शर्मासँग जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट समेत गरेका थिए ।

उक्त भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाण्डौं दरवार स्क्वायर, लुम्बिनी लगायत काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न धार्मिक एवं पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गर्नुका साथै पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हे.क्वा.को भ्रमण समेत गरेका थिए ।

विभिन्न मित्रराष्ट्रका सेनाहरुमा संचालन हुने यस प्रकारका उच्चस्तरिय तालिमहरुको दौरान गरिने यस प्रकारका भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पार्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.