बैतडी,चैत्र १६ : भारतको राजस्थानबाट पैसा चोरी गरी भागेका एक नेपाली युवालाई बैतडीमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–४ का ३२ वर्षीय निरजबहादुर चन्द रहेका छन् । उनले भारतको राजस्थानबाट १५ लाख चोरेर भागेको प्रहरीले जानकारी दिए । उनी भारतमै कामको सिलसिलामा बस्दै आएका थिए ।
चोरीको खबर भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्दलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।