भारतबाट आयो मनसुनमै लेदो वर्षा , अति हानिकरक भएको विज्ञको भनाइ

रिपोर्ट नेपाल | 2018 Jun 16 | 03:27 pm 3885

काठमाडौं – भारतमा केही महिनाअघि आएको धुले आँधिका कारण नेपालमा लेदो वर्षा भएको छ । भारतको राजस्थान, लखनऊ, उत्तरप्रदेशबाट बएका हानीकारक धुलोका कणहरु नेपाली वायुमण्डलमा छरिएपछि लेदो वर्षा भएको विशेषज्ञहरुले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार राजस्थान, दिल्ली र लखनउमा केही दिनदेखि बेगले धुले आँधी आएको र उत्तर प्रदेश हुँदै नेपालको दक्षिणतिर प्रवेश गरेको वायुमा आँधीका कण फैलिएकाले वर्षा धमिलो भएको हो । यस्तो वर्षा निकै नै हानीकरक हुने विज्ञहरुले प्रतिक्रिया दिएका छन् ।

नेपालमा बादल बनिरहेको बेला पश्‍चिमबाट चलेको हावाले भारतबाट बोकेर ल्याएको धुलोका कणहरु मिसिदा लेदो वर्षा भएको पौडेलले बताए । यस्तो समस्या झापादेखि कञ्चनपुरसम्मै छ। अध्ययनले ती कण चिल्लोखालको पाइएको बताए। ‘छाम्दा चिल्लोपना पाइएकाले ती कण निकै हानिकारक छन् भन्ने पुष्टि हुन्छ,’ उनले भने।

तराईका जिल्लासहित काठमाडौंमा पनि शुक्रवार रातिदेखि त्यस्तो समस्या देखिएको छ। आकाशबाटै धमिलो वर्षा भएको भनी सम्प्रेषण भएका समाचारको महाशाखाका विशेषज्ञहरुले खण्डन गरेका छन्। ‘विगतमा हिउँद याममा यस्तो धूलो आउँथ्यो,’ पौडेलले भने, ‘अहिले मनसुनमा आयो।’

हिउँद याममा पनि धूलो र धुवा बढी आउँदा नेपाली वायुमण्डल दिउँसै अध्यारो हुने गरेको थियो। भारततिरबाट धुलोका कण आउने क्रम घट्दै गएको छ। ‘वर्षा भइरह्यो भने ती कणले केही असर गर्दैन,’ उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.