भारतको उत्तरपूर्वी राज्य आसाममा भीषण बाढी, ९ को मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 18 | 04:53 pm 3054

एजेन्सी, ४ असार :  उत्तरी भारतीय राज्य आसाममा आएको बाढीमा परी कम्तीमा नौ जना स्थानीयको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

उत्तरपूर्वी राज्य आसामका छ वटा जिल्लामा आएको यस बाढीका कारण चार लाख ५० हजार व्यक्ति प्रभावित भएका छन् । सरकार सुरक्षाबल र स्थानीय वासिन्दाको सहयोगबाट करिब ६ हजार व्यक्तिको उद्धार गरिएको छ ।

यस बाढीका कारण करिब एक लाख ७३ हजार व्यक्ति विस्थापित भएका छन् । उनीहरुलाई आश्रयस्थल बनाएर राखिएको छ ।भारी वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । के कति हराएका छन् भन्नेबारेमा खोजी शुरु भएको बताइएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यको प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.