भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन

| 2024 Dec 27 | 09:59 am 265

काठमाडौँ , १२ पुष / भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। पूर्वप्रधानमन्त्री सिंहको बिहीबार राती ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका डा सिंहको उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ। उनलाई राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो । ‘सबै प्रयासका बाबजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसका दिग्गज नेताको रुपमा परिचित उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री बनेका थिए। पूर्वप्रधानमन्त्री सिंहको निधनपछि भारतमा ७ दिन राजकीय शोक घोषणा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.