भानुआटुमा ७ म्याग्निच्युडको भूकम्प

रिपोर्ट नेपाल | 2023 Jan 09 | 08:08 am 229

एजेन्सी, पुस २५ः अस्ट्रेलियाकाे भानुआटु तटमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि डराएका गाउँले सुनामीको डरले अग्लो ठाउँमा भागेका थिए ।

भूकम्पको केन्द्रबिन्दु राजधानी पोर्ट भिलाबाट करिब ४०० किलोमिटर उत्तरमा रहेको टापु एस्पिरिटु सान्तोको समुद्रमा थियो ।  भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । एस्पिरिटु सान्तोको होग हार्बर गाउँका २२ वर्षीय विद्यार्थी केसन पोरेले पृथ्वी हल्लिएपछि केही साथीहरूसँग समुद्र तटमा गंगटा खोजिरहेको बताए ।

भानुआटुको तटमा केही महिनाअघि पनि शक्तिशाली भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.