काठमाडौं, माघ १३ः केही महिना अघि सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन बिक पक्राउ परेका छन् । बिकलाई गत माघ ८ गते अपहरण र जबरजस्ती करणी मुद्दामा काठमाडौंको तीनकुनेबाट ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोली र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय बिकको केही समय अगाडि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो । उनले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकेर ठेला गुडाउँदै गरेका थिए।
उनले १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गतेदेखि अपहरण गरेर ०७७ साउन १५ सम्म काठमाडौँ महानगरपालीका वडा नं १० देविनगरस्थित डेरामा नै बन्धक बनाएर ४ वर्षसम्म जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टले बताए ।
तस्बिर भाइरल भएपछि उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताउँदै आएका थिए।